प्रभाव कन्जुमर को–अपरेटिभ लिमिटेड.
यस प्रभाव कन्जुमर को–अपरेटिभ लिमिटेड.चितवन जिल्ला साविक नारायणी नगरपालिका वडा नं। ८ हाल भरतपुर महानगरपालिका वडा नंवर २१ पार्वतीपुर मा प्रधान कार्यालय रहने गरि मिति २०७२ साल जेठ १८ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरमा दर्ता भएको संस्था हो । २०७३ साल मंसिर ५ गते नेपाल राष्ट्र् बैङ्कका पुर्व गभर्नर डा.युवराज खतिवडाले यस संस्थाको उत्घाटन गर्नु भएको थियो । भरतपुर महानगरपालिका यसको कार्य क्षेत्र रहेको छ । यस संस्थाको भरतपुर २५ अमृतचोक, भरतपुर १५ शिवनगर बजार र नारायणघाटको मेन रोड गरी ३ वटा सेवा केन्द्रहरु रहेका छन् । हाल यस संस्थामा करीव ९५० जना शेयर सदस्यहरु रहेका छन् ।
हाम्रो सुविधाहरू
- सदस्यहरूबाट सङ्कलित बचत रकम आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने |
- सदस्यहरूको आर्थिक, सामाजिक तथा प्रविधिक दिगो समृद्धिमा केन्द्रित, प्रतिस्पर्धी र उत्कृष्ट छनोटको वित्तीय संस्था बन्ने
- संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानिको बिकाश गर्ने ।
- सदस्यहरुको व्यक्तिगत एवं सामूहीक क्षमता अभिबृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु्याउने ।
- सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको परिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सस्दयहरु मार्फत लगानी प्रर्वद्धन गरी छरिएर रहेको राष्ट्र्यि पँुजिको उपयोग बढाउने ।
- सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु–याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समूदायमा प्रदर्शित गर्ने ।
- सदस्यको व्यवसायलाई अभिबृद्धि गर्न आवश्यक सीप एवम प्रशिक्षणको व्यवस्था गर्ने ।
- बैक, वित्तिय संस्था तथा केन्द्रित सहकारी संघ, जिल्ला सहकारी संघ र बिषयगत सहकारी संघहरुबाट ऋण लिने ।
- सदस्यलाई सहयोग पुग्ने अन्तर सहकारी सम्बन्ध विस्तार गर्ने ।
- सदस्यलाई सहयोग पु–याउन जीवन बीमा रु बिप्रेषण सेवा संचालन गर्ने ।
- सदस्यलाई कार्यक्षेत्र भित्र उपभोग्य वस्तुहरु सरल तरिकाले उपलब्ध गराउन संस्थागत प्रवन्ध मिलाउन जोड दिने ।